२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

समाजमा विद्यमान कुसंस्कारले मानवअधिकार संरक्षणमा समस्या भयो : अध्यक्ष मगर

मंगलवार , आषाढ १६, २०८३

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवअधिकारको संरक्षणमा समस्या भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको ‘मानवअधिकार शोध–सम्वाहक’ पूर्वीय चिन्तन र मानवअधिकार विशेषाङ्कको समीक्षा गर्दै अध्यक्ष मगरले यद्यपि समाजमा कुसंस्कार कायम रहेकाले मानवअधिकार संरक्षणमा कठिनाइ भएको बताएका हुन् ।

“अझै पनि समाजमा कुसंस्कार छ, जनप्रतिनिधिले नै घरभित्र बसेर खान नपाएको अवस्थाका घटनाहरु आइरहेका छन्”, आयोगका अध्यक्ष मगरले भने, “यस्ता कुसंस्कारलाई समाजबाट हटाउनुपर्छ ”, उनले जातीय विभेद धेरै हटेर गइरहेको सुनाउँदै भने, “अहिले धोती फेरर खाना खाने, सुनपानी छर्किने कुरा पनि छाडिसक्यौँ, समाज परिर्वतन हुँदै गएको छ ।”

राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलले मानव अधिकारको क्षेत्रमा काम गर्न खोज्ने, अनुसन्धानकर्ता, भावी दिनमा पनि कानुनको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि पुस्तकले सहयोग गर्ने बताए । पूर्वीय चिन्तन र मानव अधिकार विशेषाङ्कमा ११ वटा लेख रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट