logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • अब खल्तीबाटै ट्राफिक जरिवाना तिर्न सकिने (भिडियोसहित)

    अब खल्तीबाटै ट्राफिक जरिवाना तिर्न सकिने (भिडियोसहित)

    5.2K
    Shares

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उलङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाईन मार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाले शुक्रबार नेपाल क्लियरिङ हाउससँग सम्झौता गरी खल्ती डिजिटल वालेटमार्फत सेवाग्राहीले सिधै जरिवाना तिर्न सक्ने प्रणालीको विस्तार गरेको हो ।

    यस अघि नै शुरुवात भएको अनलाइन भुक्तानीको सेवालाई सबै सेवाग्राहीको पहुँचमा पुर्याउने उद्देश्यले महाशाखाले विभिन्न भुक्तानी प्रदायक कम्पनीहरुसँग सम्झौता गर्दै आएको छ ।

     

    सम्झौता पत्रमा महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई, र  खल्तीका असिस्टेन्ट म्यानेजर  जोनाम भुर्तेल  हस्ताक्षर गरे। 
    यससँगै सेवाग्राहीले ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न  सकिने छ।

    सम्झौता पछि सुनौलो नेपालसंग कुरा गर्दै खल्ती डिजिटल वालेट असिस्टेन्ट म्यानेजर जोनाम भुर्तेलले अब सेवाग्राहिले सहज तरिकाले भुक्तानी गर्न सकिने बताए ।

    त्यस्तै ट्राफिक महाशाखा प्रमुख  एवं प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले  ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि प्रणाली विकास गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend