काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका छन्।
सभापति देउवाले बूढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि उनी तयारी भएका हुन् । लामाको राजीनामापछि बागमतीमा इन्द्र बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने छ ।
संसदीय दलको नेतामा बानियाँसँग पराजित भएपनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान राख्दै आएका थिए। तर, देउवाको आग्रहपछि हेटौंडा फर्केर राजीनामा दिने मनस्थिती बनेको उनले आफू निकटका नेताहरूलाई बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस