logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नेदरल्यान्ड्सद्वारा मलेसिया १५ रनले पराजित

    नेदरल्यान्ड्सद्वारा मलेसिया १५ रनले पराजित

    5K
    Shares

    काठमाडौं।  नेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत दोश्रो खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले  हराएको छ।  १९२ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो। 

    टियु मैदान कीर्तिपुरमा भएको खेलमा मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ८७ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन। उनले ५३ बलमा ६ छक्का र ६ चौका हिर्काए। 

    नेदरल्यान्ड्सका आर्यन दत्त, बास डे लिड र सबास्टियन ब्राटले २-२ तथा पिटर सिलार र फिलिपे बोसेभेनले १-१ विकेट लिए। 

    यसअघि टस जितेर ब्याटिंग रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडोडले ७३ बलमा १५ चौका र ६ छक्का हिर्काउँदै १३३ रनको शतकीय पारी खेले। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend