logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखलाका लागि नेपाली टोली घोषणा

    वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखलाका लागि नेपाली टोली घोषणा

    1.7K
    Shares
    वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखलाका लागि नेपाली टोली घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा पाँच खेलको शृंखलाका लागि आज १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। घरेलु मैदानमा हुने शृंखलामा आरिफ सेखले पुनरागमन गरेका छन्

    ट्वान्टी–२० विश्वकपको तयारीका लागि नेपालले यो शृंखला खेल्न लागेको हो। नेपाली टोलीमा आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करन केसी, प्रतीश जिसी, अविनाश बोहारा, विवेक यादव र आकाश चन्द छन्।

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल सुरु हुनेछ। वेस्ट इन्डिजको टोली बुधबार नै नेपाल आइसकेको छ।

    नेपाल भ्रमणका क्रममा वेस्ट इन्डिजले नेपालसँग पाँचवटा खेलको टी–२० शृंखला खेल्ने कार्यक्रम रहेको छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ । यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ ।

    सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । सो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।

    आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend