काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेको स्वयंभूस्थित घरमा आगजनी भएको छ ।
मंगलबार जेनजी प्रदर्शनकारीहरूले पाण्डेको घरमा आगजनी गरेका हुन् ।
उनको घरमा झन्डै एक घन्टादेखि आगो लागिरहेको छ ।
सोमबारदेखि काठमाडौंमा जारी जेनजीको प्रदर्शनमा सरकारले दमन गरेपछि १९ जनाले ज्यान गुमाएका छन् । त्यसपछि दोस्रो दिन मंगलबार उग्र रूप लिएको छ ।
प्रतिक्रिया दिनुहोस