काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले अब देशको नेतृत्व देशको जेनजी पुस्ताले नै गर्नुपर्ने भन्दै तयार रहन आग्रह गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्याराको सम्बोधन गर्दै भनेका छन्, ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !'
उनले देशको जनधनको क्षति भनेको हाम्रै सम्पत्तिको क्षति भएको भन्दै संयमित हुन आग्रह गरेका हुन् । 'तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ ।'
प्रतिक्रिया दिनुहोस