सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

झाँक्रीकाे चेतावनी : हामी डुब्दा तिमिलाई पनि लिएर डुब्छाैँ

झाँक्रीकाे चेतावनी : हामी डुब्दा तिमिलाई पनि लिएर डुब्छाैँ

काठमाडाैं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाएर छाड्ने संकेत गरेकी छिन् । सांकेतिक रुपमा ट्वीटमार्फत झाँक्रीले आफूहरु डुबेर भए पनि ओलीलाई नछाड्ने उद्घोष गरेकी हुन् ।

सामाजिक सञ्जालमा बुधवार एक ट्वीट गरेर ओलीले सत्यनास हुनबाट र डुब्नबाट जोगिनु छ भने दम्भ छाड्नुपर्ने बताएकी छिन् । 

उनले भनेकी छन्, ​’हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड ।

हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे… अगर डुब्नें से बच्ना है तो किनारा ढुढों ।’ 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend