२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीका लागि बस्न्यातको चर्चा, नयाँ मन्त्रीमण्डलमा सहभागी हुँदैछन् ?

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । असिममान सिंह बस्न्यात नयाँ मन्त्रीमण्डलमा सहभागी हुने कुराले चर्चामा छन् । हालैको जेनजी आन्दोलनले सत्ता ढालेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् ।

कार्की नेत्रृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीका लागि बस्न्यातको चर्चा चलेको छ । कार्कीले प्रधानमन्त्रीको पदभारग्रहण गरीसकेकी छन् । अब मन्त्रीमण्डल बिस्तार हुन बाँकी छ ।

को हुन् बस्न्यात ?

देशभरका युवाहरूको मुटुमा अहिले नयाँ आशा र ऊर्जा बगेको छ। परिवर्तनको खोजीमा उर्लिएको यो जेनजी आन्दोलनमा एक नाम यस्तो छ, जसले हजारौं युवालाई हात समातेर अगाडि बढ्न हौस्याइरहेका छन्, उनी हुन् असिममान सिंह बस्न्यात। उनी नेताभन्दा बढी, नयाँ पुस्ताको साथी जस्ता लाग्छन्।

बस्न्यातको अनुहारमा देखिने आत्मविश्वास र आवाजमा झल्किने दृढता युवाहरूलाई केवल विरोधको होइन, निर्माणको बाटोमा हिँड्न प्रेरित गर्छ। उनी विश्वास गर्छन् की बदल्न चाहनेको पहिलो कदम आफ्नै जिम्मेवारी स्वीकार्नु हो। यही सोचले गर्दा उनी केवल भाषणमा होइन, आफ्नै काम र उदाहरणमा परिवर्तनको शक्ति देखाइरहेका छन्।

म्यानेजमेन्टमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट मानविकीमा स्नातकोत्तर गरेका बस्न्यात बहुभाषी मात्र होइन, बहुआयामिक व्यक्तित्व हुन्। अन्तर्राष्ट्रिय मञ्चमा युवाको सपना सुनाउँदा होस् वा स्थानीय सडकमा उनीसँग हात मिलाउँदा, उनका शब्दले सधैं एउटा सन्देश दिन्छः नेपाल सम्भावनाको देश हो, बस् हामीले हिम्मत गर्नुपर्छ।

उनी नेतृत्वमा रहेको पठाओ नेपालले हजारौं युवाको जीवन बदलिएको छ। राइड सेयरिङको नयाँ संस्कृति स्थापना गरेर उनले सहरको यातायात सजिलो बनाउनु मात्र होइन, करिब साढे दुई लाख नेपालीलाई गिग इकोनोमीमा जोडेर रोजगारीको आशा पनि जगाएका छन्। यति धेरै युवाको जीवनमा रोजगारीको अवसर सिर्जना गर्नु आफैंमा एउटा क्रान्ति हो।

यही कारण आज असिमलाई धेरैले केवल उद्यमी भनेर मात्र होइन, भावी नीति निर्माता भनेर पनि हेर्दछन्। नयाँ मन्त्रीमण्डलको चर्चा हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीका लागि उनको नाम उच्चारण हुनु संयोग होइन, यो युवाको चाहना र विश्वासको आवाज हो।

असिममान सिंह बस्न्यात आज केवल एउटा नाम होइन, हरेक युवा मुटुको त्यो धड्कन हुन् जसले भन्छः हामीसँग सपनालाई वास्तविकता बनाउने शक्ति छ। उनी जस्तै युवाहरूको दृढता र इमानदारीले नेपाललाई सम्भावनाको नयाँ बाटोमा अघि बढाउने विश्वास अब धेरैलाई लाग्न थालेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट