२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

झापामा फेरि हात्तीको आतङ्कः बिहानै घरबाहिर निस्किएकी ६२ वर्षीया महिलाको कुल्चिएर मृत्यु

आइतवार , जेठ ३१, २०८३

झापा । झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । आज बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको हो । हात्तीले कुल्चँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट