२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सविता भण्डारी बनिन् प्रथम महिला महान्यायाधिवक्ता

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

सबिता नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता हुन् ।

आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए ।

जेनजी आन्दोलनको दबाबमा प्रधानमन्त्री कार्कीको नत्रृत्वमा अन्तरिम सरकार गठन भएको हो । उनी नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री हुन् ।

त्यस्तै, प्रधानमन्त्री कार्की आजै पाँच जना मन्त्री नियुक्त गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट