२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

‘जेनजी’ आन्दोलनका नाममा तोडफोड र आगजनी निन्दनीय : मुख्यमन्त्री कँडेल

आइतवार , भाद्र २९, २०८२

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलनलाई उद्देश्यभन्दा फरक ढङ्गले प्रयोग गर्नु निन्दनीय भएको र तोडफोड र आगजनीको जिम्मेवार को हुने भन्ने विषयले थप अन्यौलता सिर्जना गरेको बताए ।

मुख्यमन्त्री कँडेलले गणतन्त्र ल्याउने अभियानमा सहभागी युवाहरूलाई समेत भड्काएर घटना गराइएको जिकिर गरे । उनले सङ्घीय राजधानीमा अप्रिय घटनाहरू घटेको र त्यसको प्रभाव कर्णालीमा पनि देखिएको बताए ।

“यस घटनामा सबैभन्दा बढी नोक्सानी कर्णाली प्रदेशसभामा भएको छ । यस्तो अवस्थामा अब कसरी काम गर्ने भनेर प्रदेश सचिव र मन्त्रीहरूसँग छलफल भएको छ”, मुख्यमन्त्री कँडेलले भने ।

उनले आज क्षतिग्रस्त सरकारी कार्यालयको अनुगमनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट