काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको टुंगो लागेको छ । प्रधानमन्त्री कार्कीले आजै पदभारग्रहण गरेकी हुन् ।
नयाँ मन्त्रीहरुमा अर्थ मन्त्रालयमा पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको छ ।
गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका घिसिङले उर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
उनीहरूको शपथ ग्रहण भने भोलि हुनेछ ।
प्रतिक्रिया दिनुहोस