काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरुले आज बिहान ११ः३० बजे शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथग्रहण समारोह शीतल निवास परिसरमा टेन्टमुनि हुने तयारी छ । अहिले टेन्ट जडानको काम भइरहेको छ ।
गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार तीन मन्त्रीको नाम सार्वजनिक गरेकी थिइन् । अर्थ मन्त्रालयमा पूर्वअर्थसचिव रामेश्वर खनाल, गृहमन्त्रालयमा कानुनविद् ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा पूर्वप्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ नियुक्त भएका हुन् ।
स्रोतका अनुसार अर्याललाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ भने घिसिङले ऊर्जा बाहेक भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी पाउनेछन् ।
तर मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस