काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
अर्यालले पदभार ग्रहण गरे लगत्तै जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन् ।
तर अब कहिले शोक दिवस मनाउने भन्ने निर्णय भने मन्त्रिपरिषद्ले तय गर्ने छ ।
त्यस्तै गृहमन्त्री अर्यालले मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन् ।
मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस