काठमाडौं । नेकपा एमालेका नेपाल–खनाल पक्षका सांसदहरुको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको छ । बैठक बस्नु अघि खनाल नेपाल पक्षका सांसदहरुले आ–आफ्नो प्रतिक्रिया दिएका छन् ।
उनीहरुले एकताको सबै प्रयासहरु असफल भएको बताउँदै सामूहिक राजीनामा दिने तयारीमा रहेको तर्फ संकेत गरेका छन् ।