काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणघाट–मुग्लिन सडक सञ्चालनमा आएके छ । ४५ घण्टापछि खुलेको उक्त सडक खण्डमा पहिलो सवारीको रुपमा एम्बुलेन्सलाई पास गराइएको हो ।
लगातारको पहिरोका कारण सडक अवरुद्ध रहेको थियो । पृथ्वी राजमार्ग खुलाउन निरन्तर काम भएको थियो ।
सडक विभागका अनुसार मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाइएको हो । मुख्य समस्या पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट सडकखण्ड र अरनिको राजमार्गमा देखिएकाले दसैँमा उपत्यकाबाट बाहिरिने यात्रु बाटोमा अलपत्र नपरून् भन्ने उद्देस्यले धमाधम पहिरो पन्छाउने काम भएको हो ।
विभागका अनुसार अहिले देशका १६८ राजमार्गमा यातायातका साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस