२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

प्रधानमन्त्री कार्कीसँग बिपिन जोशीका परिवारको भेट

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । आइतबार सिंहदरबार पुगेर बिपिनका आमा र बहिनीले रिहाईका लागि निरन्तर पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटपछि बिपिनकी आमा पद्मा जोशीले यसअघिको सरकारले पहल गर्ने आश्वासन दिदा पनि केहि नजिता नआएकाले अबको सरकारप्रति आशा राखेको बताइन् ।

त्यस्तै विपिनकी बहिनी पुष्पा जोशीले अहिले प्रधानमन्त्री पदमा आमा नै रहेकाले आमाको पीडा बुझ्ने बताइन् । भेटमा प्रधानमन्त्रीले विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताएको पुष्पाले जानकारी दिइन् ।

विपिन जोशी नेपालको नागरिक भएकाले नेपालमा सकुशल फिर्ता ल्याउन कुनै एकले मात्रै नभइ सवै मिलेर पहल गर्नुपर्ने उनले बताइन् । यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिन जोशीसहित ४८ इजरायली बन्धकहरुको तस्वीर सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट