२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

उद्योग वाणिज्य महासंघ कोशीद्धारा जिल्ला प्रशासन कार्यालय मोरङलाई १० थान कम्युटर सहयोग

आइतवार , आश्विन ५, २०८२

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय मोरङलाई १० थान कम्युटर सहयोग गरेको छ । भदौं २३ र २४ गते भएको जेन–जि आन्दोलनमा जिल्ला प्रशासन कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट हुँदा प्रशासन कार्यालय ध्वस्त भएको थियो ।

जसका कारण सेवाग्राहीका आधारभूत सेवाहरु समेत प्रवाह गर्न समस्या भईरहेको थियो । महासंघ कोशी प्रदेशको अध्यक्ष अध्यक्ष राजेन्द्र राउतले सेवाग्राहीलाई सेवा दिन सजिलो होस् भन्ने उदेश्यले सहयोग गरिएको जानकारी दिए ।

महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले उक्त कम्युटर मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदलाई हस्तान्तरण गरेका हुन् ।

यसैगरी आगलागीका कारण ध्वस्त भएको भवनमा रंगरोगनका लागि एशियन पेन्टस्बाट ३०० लिटर रंग सहयोग प्राप्त भएकोमा धन्यवाद दिदैं महासंघले उक्त रंगरोगन खर्च समेत महासंघबाट उपलब्ध गराइएको भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट