काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासले शपथका लागि समय निर्धारण गरेको हो।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रासहित जगदीश खरेललाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेकी थिइन्।
तर संगीता कौशल मिश्राको नियुक्ति विषयमा प्रश्न उठेपछि उनको शपथ हुने–नहुनेबारे अनिश्चितता रहेको शीतल निवास स्रोतले जनाएको छ।
सिफारिस अनुसार सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । त्यस्तै स्वास्थ्य सचिव डा. मिश्रालाई स्वास्थ्यमन्त्री, पत्रकार खरेलललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरिएको छ ।
डा. परियारलाई कृषि विकास तथा पशुपंंछि मन्त्रालय र वैज्ञानिक पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस