२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

देशभर ५ सडक पूर्ण रुपमा अवरुद्ध, ७ सडक एकतर्फी सञ्चालनमा, कहाँ कहाँ छन् अवरुद्ध (सूचीसहित)

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । दशैं पर्व सुरु भइसके पनि निरन्तर वर्षाका कारण सडक यात्रा प्रभावित भएको छ। पहिरो र बाढीका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न सकिरहेका छैनन्।

प्रहरीका अनुसार सोमबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार देशका ५ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी मात्र सञ्चालनमा आएका छन्।

कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जोड्ने पुल बाढीका कारण बन्द भएको छ।

पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुण्ड–२ कै बालुवाखानी र अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी–२ कोदारीस्थित सडक पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।

अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी सहितको टोली परिचालन गरिएको छ। तर, चितवनको मुग्लिन–नारायणगढ सडक लामो प्रयासपछि हाल एकतर्फी मात्र सञ्चालनमा आएको छ। राति भने जोखिम हुने भन्दै उक्त सडक बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट