२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नौबिसे–मुग्लिन खण्डको पहिरो हटाइयो, मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन कम्तीमा दुई दिन लाग्ने अनुमान

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो पन्छाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। तर, राति खसेका पहिरोका कारण सडकमै थुनिएका सवारी साधनहरूको अत्यधिक चाप हुँदा लामो लाइन लागेको छ।

गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंसँगको प्रमुख यातायात मार्ग ठप्प भएको थियो। डोजर परिचालन गरी राति नै पहिरो हटाइए पनि सवारी साधनको जाम कम हुन सकेको छैन।

यता मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिक झरेको पहिरो भने अझै हटाउन बाँकी छ। बुधबार साँझ परेको वर्षाका कारण पहिरो पन्छाउने काम केही समय रोकिएको भए पनि बिहीबार बिहानैदेखि पुनः सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका अनुसार मुग्लिन–नारायणगढ खण्डमा खसेका सबै पहिरो पूर्ण रूपमा हटाएर बाटो सहज बनाउन कम्तीमा दुई दिन लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट