काठमाडौं । विश्वकप फुटबलको माहोल तातेका बेला प्रधानमन्त्री बालेन्द्र शाहको सामाजिक सञ्जालमा गरिएको एक संक्षिप्त टिप्पणी चर्चाको विषय बनेको छ ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “धेरै साथीभाइले ‘तपाईंको फेबरेट देश कुन ?’ भनेर सोध्नुभएको छ–‘मेरो फेबरेट देशले खेलेकै छैन !”
प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई धेरैले नेपालप्रतिको संकेतका रूपमा अथ्र्याएका छन्। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालले हालसम्म स्थान बनाउन नसकेको यथार्थसँग जोडेर सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भनाइलाई भावनात्मक, प्रतीकात्मक र व्यंग्यात्मक रूपमा व्याख्या गरेका छन्।
कतिपयले यसलाई नेपाली फुटबलको वर्तमान अवस्थाप्रतिको संकेत मानेका छन् भने केहीले नेपाललाई एक दिन विश्वकपको मञ्चसम्म पु¥याउने सपना र राष्ट्रिय आकांक्षाको अभिव्यक्तिका रूपमा टिप्पणी गरेका छन्।
प्रधानमन्त्री शाह पछिल्लो समय खेलकुदसँग सम्बन्धित विषयमा पनि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आएका छन्। शनिबार दिउँसो उनले विश्वकपसँग सम्बन्धित अर्को पोस्ट पनि गरेका थिए।
छोटो भए पनि प्रधानमन्त्रीको उक्त भनाइले नेपाली फुटबल, राष्ट्रिय पहिचान र विश्वकपमा नेपालको सम्भावित यात्राबारे सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु गराएको छ।
प्रतिक्रिया दिनुहोस