२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

काभ्रे बस दुर्घटना : प्रहरीले गठन गर्‍यो ६ सदस्यीय छानबिन समिति

शनिवार , जेठ ३०, २०८३

काभ्रे  / नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई दुर्घटनाको वास्तविक कारण, अवस्था तथा सम्भावित जिम्मेवार पक्ष पहिचान गर्ने जिम्मेवारी दिइएको छ ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल सदस्य रहेका छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय देवीटार महाभारत काभ्रेपलाञ्चोकका प्रहरी हबल्दार बासुदेव खड्का र जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटी सदस्य सचिव रहेको समिति गठन भएको हो । समितिलाई घटनाको सत्य–तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । 

 शुक्रबार बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई करिब ३ सय मिटर तल खस्दा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट