२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

आगामी वर्ष ऊर्जा क्षेत्रमा ठूलो विस्तार : विद्युत् उत्पादन क्षमता ५ हजार मेगावाट नाघ्ने

शनिवार , जेठ ३०, २०८३

काठमाडौँ  / सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पु¥याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ । यसका लागि एक वर्षको अवधिमा करिब १ हजार ४० मेगावाट अतिरिक्त जलविद्युत् क्षमता राष्ट्रिय प्रणालीमा थप गर्ने योजना अघि सारिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा सार्वजनिक वार्षिक विकास कार्यक्रमअनुसार निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई निर्धारित समयमै सम्पन्न गर्न विशेष प्राथमिकता दिइनेछ । निजी क्षेत्रबाट निर्माण भइरहेका परियोजनाहरूलाई आवश्यक सहजीकरण गरी उत्पादनमा ल्याउने रणनीति पनि सरकारले अवलम्बन गर्ने जनाएको छ । 

विद्युत् उत्पादनसँगै प्रसारण संरचना विस्तारलाई समेत जोड दिइएको छ। हाल रहेको ६६ केभी प्रसारण लाइनको लम्बाइ ७ हजार ४८ सर्किट किलोमिटरबाट बढाएर ७ हजार ८०८ सर्किट किलोमिटर पुर्‍याइनेछ भने ३३ केभी लाइन ८ हजार ३२५ सर्किट किलोमिटरबाट वृद्धि गरी ८ हजार ४२९ सर्किट किलोमिटर बनाउने लक्ष्य राखिएको छ ।

सरकारले आगामी वर्ष प्रतिव्यक्ति विद्युत् खपत ५११ किलोवाट घण्टासम्म पुर्‍याउने योजना बनाएको छ। साथै, विद्युत् चुहावटलाई नियन्त्रण गर्दै १२.०३ प्रतिशतमा सीमित राख्ने लक्ष्यसमेत निर्धारण गरिएको छ ।

Chimkhola Rahughat Mangale Hydro Nirman

नवीकरणीय ऊर्जा क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखिएको छ ।कार्यक्रमअनुसार लघु तथा साना जलविद्युत् आयोजनाबाट ४३ मेगावाट तथा सौर्य ऊर्जाबाट थप ९९ मेगावाट विद्युत् उत्पादन क्षमता वृद्धि गरिनेछ । 

ऊर्जा क्षेत्रसँगै सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रमलाई पनि विस्तार गरिने भएको छ । आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने तथा ठूला र मझौला नदीहरूमा ७० किलोमिटर नयाँ तटबन्ध निर्माण गर्ने योजना छ। यसबाट २१० हेक्टर जमिन संरक्षण तथा उपयोगमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।

मन्त्रालयले जलविद्युत् क्षेत्रको विस्तारले देशको ऊर्जा आवश्यकता पूरा गर्नुका साथै औद्योगिक विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण र क्षेत्रीय आर्थिक गतिविधिलाई समेत गति दिने विश्वास व्यक्त गरेको छ ।

यसैबीच, आगामी आर्थिक वर्षमा १२ वटा प्रसारण लाइन आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ती आयोजना सञ्चालनमा आएपछि देशभित्र विद्युत् आपूर्ति व्यवस्थापन थप प्रभावकारी हुने र उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा समाहित गर्न सकिने जनाइएको छ ।

काठमाडौँ उपत्यकाको केन्द्रभाग हुँदै जाने नयाँ प्रसारण लाइन निर्माण योजना पनि आगामी वर्ष कार्यान्वयनमा लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट