२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

हमासले बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक, परिवारमा आशा पलायो

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । इजरायली गुप्तचर अधिकारीहरूले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको एउटा भिडियो प्राप्त भएको भन्दै बुधबार साँझ सार्वजनिक गरेका छन्। उक्त भिडियो सार्वजनिक भएपछि विपिन जीवित रहेको विश्वास उनका परिवारमा फेरि बलियो बनेको छ।

जोशी परिवारले विज्ञप्ति जारी गर्दै गाजाबाट प्राप्त भिडियोले जीवनको प्रमाण दिएको बताएका छन्। “यो जीवनको प्रमाण हो, जसले हामीलाई उनी जीवित छन् भन्ने अटुट विश्वास दिलाएको छ,” परिवारले भनेको छ।

कञ्चनपुरका विपिन जोशी अध्ययनको सिलसिलामा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। उनी गत वर्ष अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।

३३ सेकेन्ड लामो भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको र अध्ययनका लागि इजरायल आएको बताएका छन्। उनले गाढा नीलो कपडा लगाएका छन्। तर, भिडियो कहिले खिचिएको हो भन्ने खुलेको छैन। इजरायली अधिकारीहरूले भिडियो पुरानो हुन सक्ने बताएका छन्।

विपिनको खोजीका लागि नेपाल सरकारले इजरायल सरकारसँग निरन्तर सम्पर्क राख्दै आएको छ। उनको अवस्था पत्ता लगाउन विपिनकी आमा र बहिनी यसअघि इजरायल पुगेका थिए। अहिले उनीहरू अमेरिकामा छन्।

‘वाल स्ट्रिट जर्नल’ले सन् २०२३ नोभेम्बरमा प्रकाशित रिपोर्टमा विपिनले आफ्ना साथीहरूको ज्यान बचाउन साहसिक भूमिका खेलेको उल्लेख गरेको थियो। रिपोर्टअनुसार, हमासको आक्रमणका क्रममा बंकरमा फ्याँकिएका दुईवटा ग्रिनेडमध्ये एकलाई उनले बाहिर फ्याँक्न सफल भएका थिए। दोस्रो ग्रिनेड विस्फोट हुँदा उनका पाँच साथी गम्भीर घाइते भएका थिए।

विपिनलाई त्यसपछि हमासले अपहरण गरी गाजामा लगेको पुष्टि भएको थियो। एक समय उनलाई अलशिफा अस्पतालमा राखिएको र त्यही अस्पतालमा रहेको उनको भिडियो पनि सार्वजनिक भएको थियो। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी थिएन।

हालै हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयारी देखाएको जनाएको छ। उक्त सूचीमा नेपालका विपिन जोशीको नाम पनि रहेको बताइएको छ। यससँगै नेपाली बन्धक जोशीको अवस्था सार्वजनिक हुने नयाँ आशा पलाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट