काठमाडौं । काठमाडौंको माइतीघर मण्डलबाट डा. निकोलश भुसालसहित तीन युवा पक्राउ परेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो । प्रहरीले उनीहरुलाई प्रदर्शन नै गर्न नदिई पक्राउ गरेर भ्यानमा हालेको हो ।
जेन-जीको एउटा समूहले गर्ने भनिएको प्रदर्शन स्थगित भएको अवस्थामा भुसाल भने प्रदर्शन गरिछाड्ने भन्दै माइतीघर पुगेका थिए। तर प्रहरीले कडा सुरक्षा जाँचसहित कसैलाई पनि प्रदर्शन गर्न नदिएको हो ।
प्रतिक्रिया दिनुहोस