काठमाडौ / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले भारत–नेपाल सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेको भनाइबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आधिकारिक दृष्टिकोण सार्वजनिक गर्न आग्रह गरेका छन् ।
अध्यक्ष राईले आफ्नै शैलिमा पार्टीको लेडर प्याड मा रास्वपा सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै लेखेको पत्र सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । राइ धरानको मेयर हुदा नै सरकारी कार्यालयहरुमा समेत आफ्नै शैलिमा पत्र लेख्ने गरेका थिए । अहिले पनि राइले आफ्नै शैलिमा पत्र लेख्दै रास्वपाका धारणा जान्न खोजेका छन् ।

प्रतिनिधि सभाको २०८३ जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा विभिन्न स्थानमा अतिक्रमण गरेको छ’ भन्ने आशयको अभिव्यक्ति दिनुभएको सन्दर्भमा उक्त विषयमा तपाईँको पार्टीको आधिकारिक धारणा सार्वजनिक गरियोस् ।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि संसदमा विवाद उत्पन्न भएको थियो। विपक्षी दलहरूले उक्त भनाइलाई आपत्तिजनक ठहर गर्दै संसदको अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भई स्पष्टीकरणसहित आफ्नो भनाइ सच्याउनुपर्ने माग राखेका थिए ।
प्रतिक्रिया दिनुहोस