२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

हमासले जीवित छाड्ने २० बन्दीको सूची गर्‍यो सार्वजनिक, विपिन जोशी सूचीमा छैनन्

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । इजरायल र हमासबीच युद्धविराम सहमति भएपछि हमासले मुक्त गर्न लागेको २० जना युद्धबन्दीको नामावली सार्वजनिक गरेको छ। तर उक्त सूचीमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको नाम भने छैन।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सोमबारभित्र छाडिने भनिएका सबै २० जना युद्धबन्दी इजरायली नागरिकहरू मात्रै रहेका छन्। उनले भने, “मुक्त हुने भनिएका व्यक्तिहरूको सूचीमा विपिन जोशीको नाम छैन।”

अमेरिकाको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखिको युद्ध रोक्ने सहमति बिहीबार भएको थियो। सम्झौताअनुसार पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ५० जना (जीवित र मृतक दुवै) लाई फिर्ता गर्ने सहमति गरिएको थियो।

राजदूत पण्डितले भने, “अहिलेसम्म विपिनको जीवन अवस्थाबारे ठोस जानकारी छैन। इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं र चाँडै स्पष्ट जानकारी आउने आशा छ।”

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि विपिनको अवस्थाबारे थाहा पाउन खोजी जारी रहेको बताएका छन्। मन्त्रालयका एक स्रोतका अनुसार, “इजरायल सरकारको तर्फबाट विपिनको जुनसुकै अवस्थाको सूचना आउनसक्छ, त्यसका लागि परिवारलाई तयार रहन भन्नुहोला भन्ने खालको सन्देश आएको छ,” स्रोतले भन्यो।

कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने विपिन बन्धक बनाइएका थिए।

बिपिनलाई अन्तिमपटक २०२३ नोभेम्बर १७ मा गाजा क्षेत्रको अल–शिफा अस्पतालमा देखिएको थियो। त्यसपछि उनको अवस्था अज्ञात रहेको बताइन्छ। बुधबार सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियो पनि त्यही समयको पुरानो फुटेज भएको राजदूत पण्डितले स्पष्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट