२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट