२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

बढेको बढ्यै सुनको मूल्य, तोलाको दुई लाख ४० हजार नाघ्यो

सोमवार , आश्विन २७, २०८२

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य सोमबार पुनः बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको हो । जसअनुसार आज सुन हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज प्रतितोला सुन २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

महासंघले शनिबार ३ हजार बढाएर सुनको मुल्य तोकेको थियो। शनिबार सुन प्रति तोला २ लाख ३८ हजार रुपैयाँमा करोबार भएको थियो।

आइतबार सुन प्रति तोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुन तोलाको २ लाख ३५ हजारमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २३० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरी बढेको छ। सोमबार सुन प्रति औंस ४०५७.२८ डलर र चाँदी प्रति औंस ५१.६ डलर रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट