२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एकैदिन आठ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । आज मंगलबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ हजार १०० रुपैयाँले बढेको छ ।

जस अनुसार सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार प्रतितोला सुन दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको हो । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट