२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

धन्तेरसलाई लक्षित गर्दै राष्ट्र बैंकद्वारा चाँदीको सिक्का बिक्री शुरु

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु गरेको छ ।

बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाले जनाएको छ ।

बैंकले १० ग्राम प्रति सिक्को मूल्य ३२ सय रुपयैया तोकेको छ । सुनको असर्फि भने यस बर्ष बिक्रिबितरण नगरिने महाशाखाले जानकारी दिएको छ ।

बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक बर्ष सुन र चाँदीका सिक्का विक्रि बितरण गर्दै आएको थियो । तर केन्द्रीय बैंकको सञ्चालक समितिले सुनको असर्फि छाप्ने बिषयका कुनै निर्णय नगरेपछि चाँदीको सिक्का मात्रै बिक्री बितरण गरिएको महाशाखाले जनाएको छ ।

चाँदीको सिक्का बिक्री शुरु भएसंगै सर्वसाधारणहरु लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का खरिद गर्न महाशाखा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट