logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधानमन्त्रीले ‘इगाे’ लिनुभाे, उहाँकाे काममा संवैधानिक कर्म देखिएन : संविधानविद् सापकाेटा 

    प्रधानमन्त्रीले ‘इगाे’ लिनुभाे, उहाँकाे काममा संवैधानिक कर्म देखिएन : संविधानविद् सापकाेटा 

    4.5K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे काममा संवैधानिक कर्म नदेखिएकाे संविधानविद् शालिकराम सापकाेटाले बताएका छन् । सापकाेटाले प्रधानमन्त्री ओलीले इगाे राखेकाे र देशलाई अलपत्र पार्नका लागि असंवैधानिक कदम चालिरहेकाे आराेप लगाए । 

    शुक्रबार सुनाैलाे नेपालसँगकाे कुराकानीका क्रममा सापकाेटाले भने ‘प्रधानमन्त्रीकाे मुख्य याेजना नै प्रतिनिधिसभा भंग गर्ने रहेकाे छ । त्यसकारण उहाँ कसरी हुन्छ भंग गर्नेतर्फ लाग्नुभएकाे छ ।’ सापकाेटाका अनुसार प्रधानमन्त्री संविधानकाे धारा ७६ (५) मा जानका लागि पहिला संसदमा विश्वासकाे मत लिन असफल भए अथवा राजीनामा दिएकाे खण्डमामात्र यसरी जाने हाे तर प्रधानमन्त्री संविधान अनुसार नचलेकाे उनकाे आराेप छ । 

    सापकाेटाले राष्ट्रपति पनि एउटा पार्टीभित्रकाे गुटकाे नेता बनेकाे आराेप पनि लगाए । उनले भने ‘राष्ट्रपति नेपालकाे हुनेपर्ने हाे तर उहाँ पार्टीकाे एउटा गुटकाे नेताजस्ताे देखिनुभयाे । संविधान र लाेकतन्त्रकाे रक्षाका लागि राष्ट्रपतिले कदम चाल्नुपर्ने बेलामा उहाँ त प्रधानमन्त्रीकाे इशारामा चलिरहनु भएकाे छ ।’ मुलुकमा अहिले विषम् परिस्थिति भएकाे भनी उनले राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि पर्याप्त समय नदिएकाे पनि बताए । 

    हेर्नुहाेस् भिडियाे :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend