२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

मधेश प्रदेशमा पाँच दलको सहमतिः लोसपाका जितेन्द्र सोनलको नेतृत्वमा सरकार गठनको तयारी

बुधवार , आश्विन २९, २०८२

जनकपुर । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेतृत्वमा नयाँ सरकार गठन गर्न पाँच दलबीच सहमति भएको छ। जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच भएको बैठकमा लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने निर्णय भएको एक नेताले जानकारी दिएका छन्।

हिजो राति र आज बिहान बसेको बैठकले सरकार गठनको सहमति गरेको भए पनि मन्त्रालयको भागबण्डा तय गर्न भने बाँकी छ। जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामापछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

५६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भइरहेको छ। बैठकमा जसपाबाट मनिष सुमन, जनमतबाट महेशप्रसाद यादव, माओवादी केन्द्रबाट युवराज भट्टराई, लोसपाबाट जैलुनराइन र नेकपा एकीकृत समाजवादीबाट गोबिन्द बहादुर न्यौपाने सहभागी थिए।

प्रदेशसभा १०७ सदस्यीय भएकाले सरकार बनाउन ५४ सिट आवश्यक छ। जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सिट रहेको हुँदा तीन दल मिलाएर ५७ सिट पुग्छ। तर लोसपाका एकजना सांसद निलम्बित छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट