२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

प्रधानमन्त्रीको प्रेस संयोजकमा राम रावल नियुक्त

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीको सचिवालयले रावललाई प्रेस संयोजक नियुक्त गरेको पुष्टि गरेको हो ।

बाजुरा, साविक मार्तडी गाबिसमा जन्मिएका उनी पछिल्लो समय नेपाल खबर अनलाइनका सम्पादक थिए ।

२०६० सालबाट पत्रकारिता सुरू गरेका रावलले २०६५ सालदेखि कान्तिपुर मिडिया ग्रुपमा आबद्ध भएर काम गरेका थिए ।

त्यसपछि उनी साढे तीन वर्ष कान्तिपुर टेलिभिजनको समाचार संयोजक बने।

त्यसपछि उनी ग्यालेक्सी टेलिभिजनमा आवद्ध भएर डेढ वर्ष समाचार संयोजक र एक वर्ष सम्पादकका रुपमा कार्यरत भए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट