२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

साढे २ लाख कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । आज बिहीबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यमा प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो । जस अनुसार बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ ।

बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज एक तोला चाँदीमा ३० रुपैयाँको वृद्धि भएको हो ।

आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट