२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौँ । सगरमाथाको पहिलो सफल आरोहण टोलीका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए ।

उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरे । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा थिए ।

उनको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट