२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

विद्युतीय सामग्रीको व्यापार घट्यो

शुक्रवार , आश्विन ३१, २०८२

चितवन । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउँछन् । पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उनको बुझाइ छ ।

लामिछाने भन्छन्, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन । नयाँ घर बनेनन्, पुराना घर भएकाले अघिल्ला वर्षका झालरहरूबाट काम चलाउन थालेका छन् ।”

पहिलेपहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भए पनि पछिल्ला वर्षमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरू कम भएको उनको भनाइ छ ।

विद्युत् व्यावसायिक सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले हाल आउनुपर्ने पर्याप्त सामान बजारमा आउन नसकेको र पहिलेको जस्तो उत्साह पनि नभएको बताए । नेपालमा तिहारका लागि आवश्यक पर्ने झालर भारत र चीनबाट आउने गर्दछन् ।

तीमध्ये तातोपानी र केरुङ भन्सारबाट आउने सामान रोकिएको र आएका विद्युतीय झालरसमेत बिक्न छाडेको चालिसेले बताए । “गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत व्यापार घट्ने अनुमान गरेका छौँ । अघिल्लो वर्ष जिल्लामा रु १० करोड हाराहारी करोबार भएकामा यस वर्ष रु पाँचदेखि छ करोडको व्यवसाय हुने अनुमान गरिएको छ । व्यापार घटेसँगै श्रमिक कटौती गर्नुपर्ने र विद्युतको काम गर्ने प्राविधिकले समेत काम नपाउने अवस्था छ”, उनले भने ।

विद्युतीय सामग्रीको बिक्रीका लागि चितवन अग्रणी जिल्लामध्ये एक पर्दछ । काठमाडौं, पोखरालगायत सहरपछि चितवनमा झालरको बिक्री बढी हुने गर्दछ । जिल्लाको सङ्घमा आबद्ध रहेका २४४ वटा व्यवसायी रहेका छन् । पूर्वी चितवनमा विद्युत् व्यवसायी सङ्घमा रहेका १४३ जना व्यवसायीलेसमेत व्यवसाय हुन नसकेको गुनासो गरेको उनले सुनाए। दसैँअघि भएको जेनजी आन्दोलनको प्रभाव व्यवसायमा परेको उनले बताए ।

विद्युत् व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तेजनारायण खरेल १० वर्षअघि जति पनि व्यापार नभएको बताए । उनको भनाइमा १० वर्षअघि विदेशबाट रु ४० करोडभन्दा बढीको सामग्री आयात हुने गरेकाले हरेक वर्ष बढ्नुपर्नेमा उल्टै घट्दै गएपछि व्यवसायीहरू निराश भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट