२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

राइट हियर राइट नाउ २ नेपाल गठबन्धनले मनायो अभियान यात्राको उत्सव

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । 'पाँच वर्षको प्रभाव, जीवनभरको प्रतिवद्धता' भन्ने मुल मन्त्रका साथ बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राइट हियर राइट नाउ २ (RHRN2) नेपाल गठबन्धनले समापनको उत्सव मनाएको छ।

समारोहमार्फत सन् २०२१ देखि २०२५ सम्मको पाँच वर्षे यात्राको सफलताको उत्सव मनाएको हो। कार्यक्रमको विषयवस्तु “पाँच वर्षको प्रभाव, जीवनभरको प्रतिवद्धता” रहेको थियो।

कार्यक्रमले विगत पाँच वर्षदेखि नेपालमा युवा किशोरकिशोरीको लैङ्गिक तथा यौन प्रजनन स्वास्थ्य अधिकार प्रवर्द्धन र समग्र यौन शिक्षाका क्षेत्रमा प्रभावकारी नीति, व्यवहार र सामाजिक रूपान्तरणका लागि काम गर्दै आएको छ। कार्यक्रमले विद्यालयभित्र र बाहिरका युवा, अपांगता भएका व्यक्ति, र LGBTIQ+ समुदायका युवालाई आफ्नो शरीर, सम्बन्ध र भविष्यका विषयमा सूचित निर्णय लिन सक्षम बनाउने उद्देश्य राखेको छ।

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिहरू, संयुक्त राष्ट्रसंघका निकायहरू, विकास साझेदारहरू, सिभिल सोसाइटीका प्रतिनिधि र देशभरका युवा अधिवक्ताहरू सहित सयौँ सहभागीहरू उपस्थित थिए। समापन कार्यक्रमले पाँच वर्षको सामूहिक उपलब्धिहरूको प्रतिबिम्ब प्रस्तुत गर्दै आगामी दिनमा SRHR र CSE एजेन्डालाई निरन्तरता दिने सामूहिक प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा युवा–केन्द्रित र सिर्जनात्मक प्रस्तुतिहरू समावेश गरिएका थिए, जसमा रेनबो युवा नेताहरूको फ्ल्यासमोब, RHRN2 को इम्प्याक्ट स्टोरी बुक र इम्प्याक्ट भिडियोको शुभारम्भ, र “नेपालमा CSE को भविष्य” विषयमा टक–शो शैलीको छलफल प्रमुख आकर्षण बने। साथै, कार्यक्रममा “कमिटमेन्ट एण्ड कोलाबोरेशन सर्कल” मार्फत सरकारी, गैर–सरकारी, UN तथा युवा प्रतिनिधिहरूले छोटा प्रतिवद्धताहरू सार्वजनिक गर्दै SRHR र CSE प्रवर्द्धनका लागि निरन्तर सहकार्य गर्ने आश्वासन दिए।

पाँच वर्षको अवधिमा राइट हियर राइट नाउ २ नेपाल गठबन्धनले स्कूल सेक्टर डेभलपमेन्ट प्लान (SSDP), सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, रकिशोर विकासको राष्ट्रिय रणनीति लगायतका नीतिगत ढाँचामा युवाको सहभागिता र समग्र यौन शिक्षाको समावेशी दृष्टिकोणलाई सुदृढ पार्ने कार्यमा योगदान पुर्‍याएको छ। गठबन्धनका सदस्य संस्थाहरूले देशभरका विद्यालयहरू, समुदायहरू र नीति निर्माण तहमा युवाको आवाज पुर्‍याएका छन्।

यसले आफ्नो यात्रामा एशिया–प्यासिफिक रिसोर्स एण्ड रिसर्च सेन्टर फर वुमन (ARROW), CHOICE for Youth and Sexuality, र वैश्विक RHRN साझेदारी प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि SRHR, CSE र लैङ्गिक समानताको निरन्तर वकालत गर्ने प्रतिवद्धता जनाएको छ।

च्ज्च्ल्द्द का राष्ट्रिय संयोजक राजेन्द्र महर्जन ले भन्नुभयो, यो अन्त्य होइन, नयाँ सुरुवात हो। RHRN2 मार्फत रोपिएका समावेशिता, सशक्तिकरण र अधिकारका बीउ अब युवाहरूको निरन्तर प्रयासबाट अझै फुल्नेछन्।

राइट हियर राइट नाउ २ (RHRN2) नेपाल गठबन्धन विश्वका १० भन्दा बढी देशमा कार्यरत क्च्ज्च् प्रवर्द्धन अभियानको हिस्सा हो। नेपालमा यो गठबन्धनमा युवा–नेतृत्व र युवा–केन्द्रित छ संस्थाहरूको सहभागिता छ, जसले समग्र यौन शिक्षा (CSE), युवा सहभागिता, र क्च्ज्च् नीति–अभियानमा जवाफदेहिता प्रवर्द्धनमा संयुक्त रूपमा काम गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट