२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

चितवनको गाईघाटमा सवारी दुर्घटना : सात गाडी एकैचोटि आपसमा ठोक्किए, उद्धार कार्य जारी

शनिवार , कार्तिक १, २०८२

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत गाईघाटमा आज बिहान सातवटा सवारी साधन आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनापछि केही सवारी चालक गाडीभित्रै च्यापिएर फसेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ। प्रहरी र स्थानीयवासी मिलेर घाइतेहरूको उद्धार गर्दै छन्।

दुर्घटनामा कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन विवरण भने सार्वजनिक गरिएको छैन। क्षतिको पूर्ण विवरण आउन बाँकी छ। दुर्घटनाको कारण अहिलेसम्म खुलाइएको छैन।

सडकमा सवारी चाप अत्यधिक भएका कारण उद्धार र ट्राफिक व्यवस्थापनमा समेत चुनौती आएको बताइएको छ।

मुग्लिन–नारायणगढ सडकखण्ड पूर्व–पश्चिम यातायातको प्रमुख नाका मानिन्छ। यो सडक खण्डमा बारम्बार सवारी दुर्घटना हुँदै आएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट