२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिए

आइतवार , कार्तिक २, २०८२

म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् ।

धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रर्दशक र एक जना जर्मनका पर्यटक शनिबार राति सम्पर्कमा आएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पा शनिबार राति ९ः०० बजे घरपझोङ गाउँपालिका–३ स्याङमा आइपुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए। सेभेन समिट ट्रेकिङमार्फत पदयात्रामा आएका उनीहरू रातिको समयमा बाटो बिराएर हराएको बताएका छन् । मार्फा निस्कनुपर्नेमा जङ्गलैजङ्गलको बाटो भएर स्याङमा पुगेका हुन् । उनीहरूको खोजीमा कम्पनीले हेलिकप्टर पनि परिचालन गरेको थियो ।

श्रमदानबाट झोलुङ्गे पुल मर्मत

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा रहेको झोलुङ्गे पुलको स्थानीयवासीले श्रमदानबाट मर्मत गरेका छन् । बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् । बीस वर्षअघि निर्माण भएको पुलमा बिछ्याइएको काठको फल्याक खसेको र भाँचिएका कारण जीर्ण बनेको थियो । मर्मत भएपछि जीर्ण पुलमा जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या हटेको छ ।

स्थानीयले उपलब्ध गराएको टुनीको रुख काटेर फल्याक बनाइएको थियो । पुरानो फल्याक हटाउन र नयाँ राख्न शनिबार करिब एक सय जनाले श्रमदान गरेका क्लबका अध्यक्ष गणेश केसीले बताए ।

काठ काट्न र सामग्री खरिदमा ६६ हजार ६०० खर्च भएको क्लबले जनाएको छ । स्थानीयवासीबाट सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष केसीले बताए । तीस मिटर लामो यो पुल अर्जेखोला, खर्क, बनाहपिङगे, थामडाँडा, सिङ्गा तातोपानीका बासिन्दाले प्रयोग गर्छन् ।

सडक यातायातको सुविधा हुनुअघि बरङ्जाका बासिन्दा तातोपानी र बेनी बजार आवतजावत यही झोलुङ्गे पुल रहेको पदमार्गको प्रयोग गर्दथे । बिजुली आमा समूह, सामुदायिक वन, बीएण्डपी क्लबलगायत सङ्घसंस्थाले पनि पुल मर्मतमा सहयोग गरेका क्लबका अध्यक्ष केसीले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट