काठमाडौं । लगातार ६ दिनदेखि बढिरहेको सुनको मूल्यमा आज साताको पहिलो दिन गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो ।
शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको पहिलो दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस