काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।
‘विशेष अदालतमा भर्खरै आरोपपत्र पेश भएको छ’ अख्तियार स्रोतले भन्यो, ‘फाइल रुजु गरी दर्ता गर्ने क्रम चलिरहेको छ ।’
मिश्रा स्वास्थ्य सचिवको आकांक्षी थिइन्। प्रदीप पौडेल मन्त्री हुँदा उनलाई स्वास्थ्य सचिव नबनाएर डा. विकास देवकोटालाई बनाएका थिए।
केही साताअघि जेनजीको सरकारमा मिश्रा स्वास्थ्यमन्त्री बन्ने चर्चामा थिइन् ।
प्रतिक्रिया दिनुहोस