२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

निर्वाचनका लागि सुरक्षा फौजको संयुक्त पेट्रोलिङ सुरु गर्छौँ : गृहमन्त्री

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्ति सुरक्षा कायम गर्दै निर्वाचन गर्ने वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङलाई अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षाको योजना कार्यान्वयन गराइने भन्दै उनले प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै निर्वाचन हुने जिकिर गरे ।

जेनजी आन्दोलनपछि अझैपनि चार सय हतियार रिकभर हुन बाँकी रहेको अवस्थामा हतियार रिकभर गर्न बिशेष कार्यक्रम चलाउने उनले बताए । त्यस्तै उनले भागेका कैदीबन्दी फिर्ता ल्याउन थप कार्यक्रम ल्याउने जानकारी दिए ।

उनले आन्दोलनका क्रममा हराएका हतियारहरु संगठित गिरोहमा पुग्न नदिने उल्लेख गरे । राजनीतिक दलले पनि कैदीबन्दी र हतियारलाई प्रयोग गर्दैनौं भनेर स्वघोषणा गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट