काठमाडौं । इजरायलमा हमासको कब्जामा मारिएका कञ्चनपरका विपिन जोशीको शव आज नेपाल आइपुग्दै छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शवलाई इजरायल सरकारले फ्लाई दुबईको उडानमार्फत काठमाडौं पठाएको हो । सो विमान दिउँसो २ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ ।
त्यसपछि शव महेन्द्रनगर पुर्याएर परिवारले अन्तिम संस्कार गर्नेछ । काठमाडौंबाट विपिनको शव नेपाली सेनाको संयोजनमा उनको घर कञ्चनपुर पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस