काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन ऊर्जामन्त्री दीपक खड्का पहिलो पटक आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले 'देश छाडेर भागेको' दाबी गरेको एकदिनपछि उनी सार्वजनिक भएका हुन् । खड्का सोमबार बिहान भिडियोमार्फत आफ्नो जलेको घरबाटै सार्वजनिक भएका हुन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको दाबी गरेका थिए ।
एक अन्तरवार्तामा उनले भनेका थिए, ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’
बुढानीलकण्ठमा रहेको आन्दोलनकारीले जलाएको घरबाट नै खड्काले अन्तरक्रिया गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस