चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–१० स्थित ओदान रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पुरुषलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार असोज ४ गते राति करिब १: ३० बजे जुवातास खेलिँदैछ भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक दिपकप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले उक्त स्थानमा छापा मारेको हो।
छापा मार्ने क्रममा जुवातास खेलिरहेको अवस्थामा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूबाट नगद २ लाख ११ हजार २ सय १० रूपैया र एक बुक तास बरामद गरिएको छ।
नियन्त्रणमा लिइएका सबै व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस