२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

भद्रपुर राजस्व कार्यालय : तीन महिनामा ७५ करोड राजस्व सङ्कलन

मंगलवार , कार्तिक ४, २०८२

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो ।

अन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए। उनले भने, “चालु आवको पहिलो त्रैमासिकमा रु ८७ करोड १० लाख २८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८६ दशमलव ४२ प्रतिशत राजस्व सङ्कलन भयो ।”

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मुल्य अभिवृद्धि करबापत रु ३१ करोड नौ लाख २४ हजार अन्तःशुल्कबापत रु १८ करोड ६९ लाख ५२ हजार सङ्कलन गरेको छ । गत आव २०८१/०८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए ।

कार्यालयले राजस्व सङकलनको लक्ष्य हासिल गर्न अहिलेको उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै करदातालाई अत्यधिक दबाब नहुनेगरी निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्रही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिने प्रमुख कर अधिकृत थापाले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट