२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

पूर्वमन्त्रीको उक्साहटमा उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यहार

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई मंगलबार र बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिल बहादुर शाही छन् ।

उनीहरूमाथि किन दुर्व्यहार गरेको भन्नेबारे अनुसन्धान र सोधपुछमा उक्त समुह पूर्वमन्त्रीको उक्साहटमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सोमबार साँझ घर फर्किने क्रममा सातदोबाटोस्थित एन्फा कम्पाउण्ड बाहिर महानिर्देशक अधिकारीमाथि आक्रमण भएको थियो ।

घटनापछि उक्त समुह स्कुटर छोडेर भागेको थियो। प्रहरीले सोही स्कुटरको आधारमा दुर्व्यहार गर्ने समुहलाई नियन्त्रण लिएइको थियो।

पछिल्लो समय जेनजीको नाममा आपराधिक गतिविधि बढ्न थालेपछि प्रहरी त्यस प्रति चनाखो बन्न थालेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट